सवाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमानी सावित्राको नाममा

१९ मंसिर २०७६, बिहीबार २०:४६
नेपालका लागि सवाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमानी फुटबलर सावित्रा भण्डारीले बनाएकी छन् । नेपालमा जारी १३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् ।
उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् ।