सुन्दर बन्न मन छ भने यी फलफुलहरुको प्रयोग गर्नुहोस !

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार २२:२४
;

फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः

किवी

किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

अनार

अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

केरा

केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन्। वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ।

भुइँकटहर

यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ।

मेवा

भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ।

अमला

अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*