मुख्यमन्त्री पौडेल र नेता बानियाँ बिच भेटवार्ता
आज बुधबार बोलाइएको प्रदेशसभाको बैठक बस्नु अगावै मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ सँग भेटवार्ता गरेका छन् । तीन नम्बर प्रदेशको राजधानी र नामकरण तोक्न नसकिरहेका मुख्यमन्त्री पौडेलले नेता बानियाँलाई भेटेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेशको राजधानी हेटौडा र नाम बागमती राख्ने निर्णय गरेको थियो । यही निर्णय नेकपा प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेका थिए । तर, नेकपाभित्रै सहमति भने जुट्न सकेको छैन । पार्टीभित्रै सहमति नजुटेपछि २१ पुसको बैठक आजसम्मलाई स्थगित गरिएको थियो ।
बैठक अगाडि कांग्रेस संसदीय दलका नेतासँग नाम र राजधानीको विषयमा छलफल भएको जनाईएको छ ।