आई लिगका लागि सावित्रा  र अनिता भारत प्रस्थान 

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार १९:२५
;

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेत आज भारत प्रस्थान गरेका छन् ।   शुक्रबारबाट सुरु हुने भारतीय (आई) लिग खेल्न दुवै जना आज भारत प्रस्थान गरेका हुन् ।  

यसपटक सावित्राले गोकुलम केरेला एफसी र अनिताले सेथु एफसीबाट खेल्ने  भएकी छिन् । गत सिजनमा फाइनलमा सावित्राले २ गोल गरेपछि मणिपुर पुलिस स्पोर्टस्लाई ३–१ ले हराउँदै सेथु च्याम्पियन बनेको थियो । सावित्राले लिग भर १५ गोल गरेकी थिइन् ।

‘अरु क्लबबाट पनि प्रस्ताव आएको थियो । तर यसपटक यसबाट खेल्ने निर्णय गरे,’ सावित्राले भनिन्, ‘गत सिजन पनि यो क्लबले प्रस्ताव गरेको थियो ।’ आइ लिगमा एउटा टोलीले १ विदेशी खेलाडी मात्र राख्न पाउने प्रावधान छ । 

अनिताले भने फेरि पनि च्याम्पियन टोलीबाट खेल्ने अवसरकाले यसपटक पनि टोलीलाई विजेता बनाउन आफ्नोतर्फबाट पूरा प्रयास गर्ने बताइन् ।

सावित्राले टोलीले भने छनोट चरण पार गरेमा मात्र आई लिग खेल्नेछ । गोकुलम र एफसी अलकापुराबीच दुई लेगको प्रतिस्पर्धापछि विजेता टोली आई लिगका लागि छनोट हुनेछ । आइतबार भएको पहिलो खेलमा गोकुलम १–० ले विजयी भएको थियो । दोस्रो लेग बुधबार छ ।

बंगलुरुस्थित बैंगलोर फुटबल रंगशालामा फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभातिगा रहनेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

आई लिगको यो चौथो संस्करणको समूह एमा बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी, किक स्ट्राट एफसी र साविक विजेता सेथु छन् । बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी तथा गोकुलम र अलकापुरामध्ये एक रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*