मन्त्रिपरिषद्को बैठक आज १ बजे बस्दै, प्रहरी महानिरीक्षकको निर्णय गर्ने सम्भावना
मन्त्रिपरिषद्को बैठक आज सोमबार १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकले नयाँ प्रहरी महानिरीक्षकको बारेमा निर्णय गर्ने सम्भावना रहेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण भोलि मंगलबार देखि अवकास पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ । यस पटक पनि डीआइजीहरुबाटै नयाँ प्रहरी महानिरीक्षक बनाउनुपर्ने भएको छ ।
कार्यसम्पादन, वरिष्ठतालगायतका आधारमा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये एक जनालाई प्रहरी महानिरीक्षक बनाउने सम्भावना छ ।