बागमती गोल्डकपः आज मकवानपुर लिगको विजेता न्यु डाँफे र नवजागृति भिड्दै

हेटौडा न्युज
४ फाल्गुन २०७६, आईतवार १८:५५
;

हिजो शनिबार बाट सुरु भएको तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगितामा आज मकवानपुर जिल्ला लिगको विजेता न्यु डाँफे युवा क्लव र नवजागृति युवा क्लव भिड्ने भएका छन् । बागमती गाउँपालिकाको वडा नंबर ८ स्थित जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ३ गते बाट सुरु भएको छ ।

""

प्रतियोगिताको उ्द्घाटन खेलमा आयोजक बागमती गाउँपालिकाले विजयी भएको विजय प्राप्त गरेको छ । प्रतियोगितामा आयोजकले बागमती युवा क्लव सर्लाहिलाई १ : ० ले पराजित गरेको हो । खेल सुरु भएको ५ मिनेट भित्रै आयोजकको तर्फबाट जर्सी नम्बर १८ का बाबुराम माझीले गोल गरे । उनको गोल नै आयोजकको लागि विजयी गोल बन्यो ।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब रहेका छन् । यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिम गरी १० वटा टीमको सहभागिता रहेको छ ।

बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा सुरु भएको प्रतियोगितामा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् ।  गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् ।

उपविजेतले ३ लाख र सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्ने छन् । पहिलो बागमती गोल्डकपको उपाधि हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*