इटालीबाट फर्किएका भारतीयबाट सर्‍यो कोरोना, संक्रमितको संख्या २८ 

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार २१:२४
;

 भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २८ पुगेको छ । त्यसमध्ये १६ जना इटालियन नागरिक रहेका छन् ।

सोमबारसम्म भारतमा छ जनामामात्र कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

केही समयअघि राजस्थान घुमेर फर्किएका एक जना इटालियनमा कोरोनाभाइरस देखिएको थियो। त्यतिबेला क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार  कोभिड(१९ को संक्रमण देखिएको रोयटर्सले जनाएको छ। उनीहरूलाई घुमाउने बस ड्राइभरलाई पनि कोरोनाभाइरस देखिएको स्वास्थ्य मन्त्री हर्ष वर्दनले जानकारी दिएका छन्।  

इटालीमा कोरोनाको संक्रमण व्यापक छ। त्यहाँ २ हजार २ सय ६३ जनालाई यो रोग देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन्।

आग्रामा एक जनाले आफ्ना परिवारका ६ जनामा कोरोना सारेको देखिएको छ। इटालीबाट आएका ती व्यक्तिका परिवारका ६ जनामा पनि कोरोना देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

दुबईबाट हैदरवाद फर्किएका एकजनामा पनि संक्रमण भेटिएको छ। यसअघि केरलामा तीन जना उपचार पछि घर फर्किसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*