नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा चर्चित फुटबलर रोनाल्डिनो पक्राउ

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १८:३२
;

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा चर्चित फुटबलर रोन्हाल्डिनो पक्राउ परेका छन्  . ब्राजिलियन लिजेन्ड्री खेलाडी रोनाल्डो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ परेका हुन्।

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका ३९ वर्षीय रोन्हाल्डिनो  बुधबार उनका दाइ ४९ वर्षीय रोबर्टो सहित पक्राउ परेका हुन्। उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको रहेको छ।

 

""

Renan Moura@renanmouraglobo

A suíte onde Ronaldinho Gaúcho está hospedado com seu irmão Assis foi revistada no Paraguai. As autoridades locais confirmam os supostos documentos falsos encontrados. As investigações estão em curso, ambos estão sob custódia e irão depor nas próximas horas #FutGloboCBN

"View"View"View"View

102

9:27 AM – Mar 5, 2020

Twitter Ads info and privacy

41 people are talking about this

'रोनाल्डिनोले नक्कली पासपोर्ट प्रयोग गरेका थिए। र, यो अपराध हो। त्यसैले हामीले उनलाई गिरफ्तार गरेका हौं,' पाराग्वेका इन्टेरियर मिनिस्टर इयुक्लिडेस एचिभेटोले भनेका छन्, 'खेलकुदको लोकप्रियताका हिसाबले म उनलाई सम्मान गर्छु तर कानुनका हिसाबले जो भए पनि बराबरी हुन्छ।'

एचिभेटोले रोन्हाल्डिनोका बारेमा थप अध्ययन भइरहेको बताएका छन्। उनीहरु बुधबार बिहान पाराग्वे पुगेको बताइएको छ।

""

रोन्हाल्डिनोको पासपोर्टकै बारेमा पनि यो पहिलो लफडा भने होइन। सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*