ह्याकरहरूले कसरी कोरोना भाईरसको डरलाई अस्त्र बनाइरहेका छन् ?

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २३:०३
;

यो अज्ञानतावश गरिने एउटा क्लिकबाट आरम्भ हुन्छ। कोरोनाभाइरस सङ्क्रमणको प्रकोप विश्वभरि फैलिरहँदा ह्याकरहरूले भय र द्विविधाको परिस्थितिमा नियोजित रूपमा कम्प्युटर भाइरस फैलाइरहेका छन्।

कोरोनाभाइरस प्रकोपका समाचारले प्राथमिकता पाउन थालेपछि साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले रिपोर्ट गरेका केही इमेल फिशिङ स्क्यामलाई बीबीसीले नियालिरहेको छ।

लाखौँ नक्कली इमेलमार्फत् विभिन्न आपराधिक कार्य भएको पाइएको छ।

समाचारजस्तो लाग्नेगरी फिशिङ अर्थात् इन्टरनेटबाट मानिसलाई प्रलोभनमा पारेर तिनको व्यक्तिगत विवरण सङ्कलन गर्ने काम नयाँ होइन। तर सूचना सुरक्षाविज्ञहरूका अनुसार कोभिड-१९ प्रकोपको त्राससँग जोडेर आक्रमणहरू बढ्नु केही वर्षयताकै नराम्रा घटना हुन्।

व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किश भाषाको प्रयोग गरिरहेका छन्।

यो "इमेल महामारी"को वास्तविक असरको अनुपात अनुमान गर्न असम्भव छ। तर तपाईँले त्यसलाई पहिचान गर्न सक्ने केही उपायहरू चाहिँ छन्।

'कोरोनाभाइरस उपचारका लागि यहाँ क्लिक गर्नुहोस्'

"केहीतस्वीर कपीराइटPROOFPOINT

Image caption

केही इमेलमा कोरोनाभाइरसको उपचार भएको दाबी पनि गरिएको छ

गत महिना प्रूफप्वाइन्टमा कार्यरत अनुसन्धानकर्ताहरूले पहिलो पटक आफ्ना ग्राहकलाई एउटा अनौठो इमेल पठाइएको भेउ पाए।

एक रहस्यमय चिकित्सकको नामबाट पठाइएको उक्त सन्देशमा चिनियाँ र ब्रिटिश सरकारले लुकाउन खोजेको कोरोनाभाइरसको खोपबारे विस्तृत विवरण भएको प्रमाण भएको दाबी गरिएको थियो।

प्रूफप्वाइन्टका अनुसार इमेल पाएका जिज्ञासु मानिसहरू त्यसमा क्लिक गरेपछि सामान्य र विश्वसनीय लाग्ने डक्युसाइन (Docusign) पृष्ठमा पुगे। तर त्यो खासमा अपराधीहरूले लग-इन विवरण पत्ता लगाउन बनाएको एउटा छद्म वेबपेज हो।

अकाउन्टको नाम र पासवर्ड पत्ता लगाएपछि तपाईँका दस्तावेजमा उनीहरूको पहुँच हुन्छ। साथै त्यो इमेल र पासवर्ड प्रयोग भएका जुनसुकै वेबसाइटमा उनीहरू पहुँच पाउन सक्ने हुन्छन्।

प्रूफप्वाइन्टका अनुसार एकै समयमा दुई लाखवटा इमेल पठाइएको देखिएको छ। प्रूफप्वाइन्टस्थित थ्रेट रिसर्च एन्ड डिटेक्शन टोलीका शेरोड डेग्रिपो भन्छन्ः "हामीले लगातार ३५ भन्दा बढी दिन कोरोनाभाइरससम्बन्धी हानिकारक इमेलहरू पठाइएको पायौँ। तीमध्ये अधिकांश कोरोनाभाइरसको त्रास देखाउँदै क्लिक गर्न लगाउने खालका थिए। प्रतिदिन एउटाबाट सुरु भएर अहिले त्यो तीनदेखि चारवटामा पुगिसक्यो।" स्रोतः विविसी नेपाली 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*