जनशक्तिलाई रोजगार दातासँग जोडुन विवेकशीलको वेबसाइट 

हेटौडा न्युज
१७ बैशाख २०७७, बुधबार २०:३०
;

जनशक्तिलाई रोजगार दातासँग जोडुन विवेकशीलको वेबसाइट 

विवेकशील नेपाली दलले विदेशबाट नेपाल फर्किएका जनशक्तिलाई रोजगार दातासँग जोड्न वेबसाइट तयार पारेृको छ । दलले विदेशबाट फर्किएका नेपाली जनशक्तिलाई रोजगारदातासँग जोड्न  ‘वर्क फोर नेपाल’ नामक वेबसाइट तयार पारेको हो ।  

नेपाल फर्केका लाखौ दक्ष्, अर्धदक्ष जनशक्तिलाई नेपाल मै आ–आफ्नो पेशा, रोजगार र बिषयगत दक्षता अनुसारको काममा जोड्ने उद्देश्यका साथ यो वेबपोर्टल संचालन गरीएको बताइएको छ । 

पोर्टल मार्फत् वेबसाइटमा दर्ता भएका व्यक्तिहरुले बिदेशमा पाइ आएको पारिश्रमिक, सेवासुबिधा बाराबर कै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समान्व्यय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागी पहल गर्न सहज हुने विवेकशील नेपाली दलको विश्वास रहेको छ । 

यो वेब पोर्टल थोरै समयमा तयार पारिएको र सल्लाह सुझाब अनुसार यसमा अझै थप विशेषताहरु जोड्दै जाने विवेकशील नेपाली दलले बताएको छ ।

http://www.work4nepal.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*