उद्योग संचालनको मोडालीटी तयार, तीन चरणमा उद्योग संचालन गरीने

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार १८:०४
;

तीन चरणमा उद्योग संञ्चालनका लागि सरकारले तयारी थालेको छ । सरकारले लकडाउनका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर परेकाले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य गरेको हो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएको भन्दै उद्योग चलाउने तयारी गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसमार पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा निमार्ण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको छ । 

उद्योग सञ्चालनको मोडालिटी बारे आज मंगलबार बस्ने कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा अन्तिम सुझाव तयार गरी बुधबारको मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारी गरेको उनले बताए । 

उद्योग सञ्चालनको कार्यविधि नै बनाएर उद्योग सञ्चालनको तयारी गरेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*