लकडाउनका कारण हेटौंडा औद्योगिक क्षेत्रका २५ वटा उद्योगमात्रै संचालनमा
लकडाउनका कारण हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु पुर्ण रुपमा संचालनमा आउन सकेको छैन् । हेटौँडा औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद कँडेलले हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका उद्योगहरु पुर्ण रुपमा संचालनमा आउन नसकेको बताएका हुन् ।
कोरोना भाइरसको संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेसंगै उद्योगहरु पुण्र्नरुपमा बन्द भएका थिए । कँडेलका अनुसार केहि अत्यावश्यक सेवाका उद्योगहरु संचालनमा आए पनि अधिकाशं रुपमा संचालन भइरहेको छ ।
औद्योगिक क्षेत्रमा लकडाउन पूर्व १ सय ११ वटा उद्योग संचालनमा थिए । त्यसमध्ये अहिले २५ वटा उद्योगमात्रै संचालनमा रहेको कँडेलले जानकारी दिए ।
उनका अनुसार संचालनमा रहेका उद्योगहरुले पनि उत्पादन क्षमताभन्दा निकै कम उत्पादन गरिरहेका छन् । लकडाउनको कारण कच्चा पदार्थ ल्याउन समस्या भएको, मजदुरहरुलाई आवात जावतमा समस्या भएको र उत्पादित बस्तुले बजार नपाउने भएकाले अतिआवश्यक बस्तु उत्पादन गर्ने बाहेक अन्य उद्योग पूर्ण रुपमा बन्द अवस्थामा रहेको उनको भनाई छ ।
औद्योगिक क्षेत्रमा हाल ४ हजार ४ सय मजदुर र व्यवस्थापन कार्यको लागि ४० जना जनशक्ति आबद्ध छन् । सो क्षेत्रमा निजी क्षेत्रको ५ अर्ब ५० करोड र सरकारी क्षेत्रको ९० करोड लगानी छ ।











