मासु व्यवसायीको प्रशासनलाई च्यालेञ्ज, मासुको मूल्य ३ सय ५०

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार ००:०७
;

लकडाउनको समयमा अत्यावश्यक उपभोग्य सामग्रीहरुमा मूल्य वृद्धि नहोस् भन्नका लागि स्थानीय प्रशासनले विभिन्न निर्णयहरु गर्ने सन्दर्भमा मकवानपुरका किसानले पालेका मासुजन्य कुखुरा बिक्री हुन नसक्दा किसानलाई मर्का परेको भन्दै मकवानपुरको कमाण्ड पोष्टको बैठकले प्रति किलो २ सय ५० रुपैंया कायम गर्ने निर्णय गरेको थियो तर आजपनि बजारमा कुखुराको मासु प्रति किलो ३ सय ५० रुपैंयासम्म बिक्री हुँदैं आएको छ । 

प्रशासनले गरेको कायम मूल्य भन्दा बढी मूल्यमा उपभोक्ताहरुले मासु खरीद गरिरहेपनि स्थानीय प्रशासनले कार्वाही भने कसैलाई गर्न सकेको छैन । मासु व्यवसायीले कुखुराको मासु ३ सय ५० रुपैंया सम्म लिने गरेको उपभोक्ताकर्मीहरुबाट गुनासो आएपछि केहीदिन अघि हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाको संयोजकत्वमा बसेको बैठकले प्रति किलो २ सय ५० रुपैंयाँको निर्णय कुखुरा व्यवसायीहरुले अटेर गर्दै प्रति किलो ३ सय ५० रुपैयामा उपभोक्ताहरुलाई आजपनि खुलेआम बिक्री गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका भने आफूले गरेको निर्णय नै कार्यान्वयन गराउन असक्षम जस्तै देखिएको छ ।    

""

हिजो बिहीबार मात्रै पनि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले केही माछामासु व्यवसायीहरुको पसलमा अनुगमन गर्दा मूल्य सूची नराखेको भन्दै १० हजार रुपैयाको दरले जरिवाना गरेको थियो । मासु व्यवसायीहरुले मूल्य सूची नराख्नु भनेको बढी मूल्यमा बिक्री गर्नु रहेको अनुगमन टोलीको भनाईरहेको छ । 
मासु व्यवसायीहरु मूल्य वृद्धिको पक्षमा रहेपनि स्थानीय प्रशासनले अत्यावश्यक सामग्रीमा पनि मासु नपर्ने र नक्कली किसानको नाममा सीमित व्यवसायीको पक्षमा मूल्य वृद्धि गरी उपभोक्तालाई मार पार्ने काम गर्न नसकिने बताउँदै आएको छ । 

अधिकांश मकवानपुरका किसानको कुखुरा सस्तोमा बिक्री भईसकेको, र केही सप्लायर्सहरुको स्टक रहेको कुखुरामा नै बढी मूल्य लिन खोजेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका शाखा अधिकृत देवचन्द्र बर्तौलाले केहीदिन अघिको उपमहानगरपालिकाको बैठकमा नै बताएका थिए ।कुखुरा व्यवसायीहरु भने, आफूले जिउँदो कुखुरा किसानसँग प्रति किलो २ सय १० रुपैंयामा खरीद गर्ने गरेको र तयारी मासु बनाउँदा ३ सय ५० सम्म पर्न सक्ने दाबी गर्दै आएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*