गुल्मीका कोरोना संक्रमित आइसियूमा, स्वास्थ्य अवस्था गम्भीर
कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका छनु ।
दमका रोगी उनी १ जेठमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालमा उपचार गराउन आएका थिए । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २ जेठमा स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बताएका छन् ।
स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि अस्पतालले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।
गुल्मीको मदान गाउँपालिकाका शिक्षक समेत रहेका ४१ वर्षीय उनको स्वाथ्य अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी भइरहेको छ ।