एम्बुलेन्स भीरबाट खस्दा चालकको मृत्यु

हेटौडा न्युज
११ असार २०७७, बिहीबार १०:२२
;

ओखलढुङ्गा । ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान गाउँपालिकाबाट बिरामी लिन वडा नम्बर ९, पोकली जाँदै गरेको प्रदेश ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स कात्तिकेभीरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ का २३ बर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले बताएका छन् । दुर्घटना स्थलमा अहिले प्रहरी पुगिसकेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*