सामूहिक बलात्कारमा परेकी १९ वर्षीया युवतीको मृत्यु

बलात्कारपछि उनको ज्रिबो काटिनुका साथै घाँटीमा पनि प्रहार
हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १२:४६
;

नयाँदिल्ली । भारतको उत्तरप्रदेश हाथरसमा दुई साताअघि सामूहिक बलात्कृत भएकी एक दलित युवतीको मृत्यु भएको छ । दिल्लीको सफदरजंग अस्पतालमा उपचाररत १९ वर्षीया ती युवतीको मृत्यु भएको हो ।

घटना दिल्लीबाट करिब दुई सय किलोमिटर टाढा उत्तरप्रदेशको हाथरस गाउँमा भएको हो ।

१४ सेप्टेम्बरमा गाउँकै कथित उच्च जातका पुरुषहरुले परिवारका अन्य सदस्यसँगै घाँस काट्न गएका बेला ती युवतीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि उनको ज्रिबो काटिनुका साथै घाँटीमा पनि प्रहार गरिएको थियो ।

गम्भीर घाइते ती महिलालाई पहिले अलिगढस्थित अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनलाई सोमबार मात्र दिल्लीको सफदरजंग अस्पताल सारिएको थियो ।

प्रहरीले घटना संलग्नमा चार जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुमाथि सामूहिक बलात्कार र हत्याको मुद्दा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*