प्रहरीद्वारा ९ केजी गाँजासहित अटो र २ जना नियन्त्रणमा

हेटौडा न्युज
२३ फाल्गुन २०७७, आईतवार १९:१८
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ९ केजी ६ सय ग्राम लागूऔषध गाँजासहित अटो र २ जनालाई आज पक्राऊ गरेको छ । प्रहरी टोलीले हेटौडा–११ थानाभर्याङ स्थित पूर्वपश्चिम सडकखण्डबाट नेवारपानी तर्फबाट हेटौडा बजार आउँदै गरेको ना.२.ह. १८८३ नं. को अटोलाई चेकजाँच गर्ने क्रममा सो अटोबाट सो परिमाणको लागूऔषध फेला पारेको जनाएको छ ।

अटोमा लागूऔषध फेला परेपछि चालक हेटौंडा–१९ बस्ने बर्ष ३४ को सोमलाल ब्लोन र अटोमा सवार सोही स्थानका बर्ष ३५ का सोमलाल ब्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन बमोजिम कार्वाही प्रक्रिया अघि बढाईएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमाल जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*