प्रतिनिधिसभाको बैठक सर्यो
प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुस १६ गते सम्मको लागि स्थगित गरीएको छ । ।सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिल्दा बैठक स्थगित भएको हो ।
संसद सचिवालयले टाँस गरेको सूचनामा बैठक आगामी १६ बस्ने भनिएको छ । सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेको कारण बैठक सरेको हो।
नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन्।











