हेटौंडामा भोलिबाट मिनी लकडाउन

हेटौडा न्युज
१७ बैशाख २०७८, शुक्रबार १८:००
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालयले भोलि बैशाख १८ गते शनिबारबाट हेटौंडा उपमहानगरपालिका क्षेत्रमा मिनी लकडाउन लागू गरेको छ । बैठकले कोभिड १९ संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै शनिबार देखि लागू हुने गरी हेटौडा उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज शुक्रबार बसेको बैठकले पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या वृद्धि हुन थालेपछि निर्णय गरेको जनाएको छ ।

आजको बैठकले हेटौडाका सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गराउने गरी निर्णय गरेको छ ।

निर्णयः

यसमा तपाइको मत

Your email address will not be published.


*