४ सय २५ जना कोरोना संक्रमित थपिए, १९ को मृत्यु

हेटौडा न्युज
३२ जेष्ठ २०७७, आईतवार १६:४७
;

काठमाडौं । नेपालमा आज थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङ्गमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

बितेको २४ घण्टाभित्र थपिएकासहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको छ । कूल संक्रमित मध्ये पुरुष ५ हजार ३ सय २४ जना र महिला ४ सय ३६ जना रहेका छन् । यस्तै नेपालमा हालसम्म ९ सय ७४ जना कोरोना निको भएका छन् ।

डाक्टर गौतमका अनुसार कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*