आज मात्रै ५ सय ८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या सात हजार बढी

मकवानपुर । नेपालमा गएको २४ घण्टाको अवधिमा आज मात्रै थप ५ सय ८६ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्ग मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको संख्याबारे जानकारी दिएका छन् । आजको संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार १ हजार १ सय ६७ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने, संक्रमणबाट हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।