थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मकवानपुरका ६ जना सहित देशभर थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
शुक्रबार २ सय १६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससंगै कारोना जित्नेको संख्या १ हजार ४ सय २ पुगेको छ ।
त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालको ७७ जिल्लामध्ये ७४ वटा जिल्लामा संक्रमण देखिएको छ ।