थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१३ असार २०७७, शनिबार १६:३३
;

मकवानपुर । नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जना कोरोना संक्रमित भेटिए संगै संक्रमितको संख्या संख्या १२ हजार ३०९ पुगेको हो ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार १ सय २० महिला ४ सय ३४ पुरुष  गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै उनले पछिल्ले २४ घण्टामा थप १ सय ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केको बताए । निको हुनेमा १८ महिला र १ सय १८ पुरुष रहेका छन् ।

योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*