भैरवडाँडा, नकौली हुँदै स्मारकसम्म धार्मिक पर्यटकीय मार्ग

हेटौडा न्युज
१३ असार २०७७, शनिबार १९:१२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास तथा विस्तार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने भएको छ । उपमहानगरले आफ्नो नीति तथा कार्यक्रममा पर्यटन प्रवद्धनका लागि नगर क्षेत्रमा रहेका विभिन्न पार्कहरुलाई व्यवस्थित गरी भौतिक पुर्वाधार निर्माणमा जोड दिने भएको हो ।

उपमहानगरको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार आगामी आर्थिक वर्षमा जिल्लोको पर्यटकी क्षेत्रको रुपमा विकास हुँदै गरेको हेटौंडा–१ को मनमोहन भ्यू टावर, पाथिभरा मन्दिर हुँदै नकौली–घ्याङ्गसिङ्गटारबाट पुण्यक्षेत्र र मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको सहिद स्मारकसम्म धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्न निजी क्षेत्रको समेत सहभागितामा विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।

त्यस्तै उपमहानगरले आगामी आर्थिक वर्षमा हेटौंडा–१० मा टोनि हेगन पार्क निमार्ण, हेटौंडा–१४ को ड्राइभरडाँडामा भ्यु टावर तथा होमस्टे संचालन, हेटौंडा–१८ मा रहेको गुम्बाडाँडा पार्कमा भौतिक पुर्वाधार सुधार, हेटौंडा–१ को राप्ती खोला किनारमा राप्ती पार्क निर्माण, हेटौंडा–९ को कुश्माण्ड सरोबर त्रिबेणीधामको भौतिक पुर्वाधार सुधार तथा बेतखोल्सी ताल निर्माण हेटौंडा–१९ मा सहिद पार्कको भौतिक सुधार गर्ने तथा आन्तरीक तथाम बाह्य पर्यटन प्रवद्धनका लागि प्रचारप्रसार कार्य गर्ने लक्ष्य लिएको छ ।

उपमहामनगरले नगर क्षेत्रका बिन्देश्वर पोखरी, शालक पार्क, जुरेथुम पार्क, श्रमिक पार्क, चिल्ड्रेन पार्क, गणेशमान पार्क, मदन पार्क लगायत विभिन्न पर्यटकीय स्थलको विकास, पर्यटन पुर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधिकरण एवम् स्तरोन्नति गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*