मकवानपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुर जिल्लामा थप एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार, हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ५ सय १९ जना पुगेको छ । जसमा १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन् ।
संक्रमितमध्ये हालसम्म ५ हजार ३ सय २० जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् भने ३१ जनाको दुःखद् निधन भएको छ । पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज र ४९ दिनको शिशुको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप दुुई वटा निजी प्रगोगशाला थपिएको छ । योसहित २५ वटा प्रयोगशालामा कोरोनाको नमुना परीक्षण भइरहेको छ ।
त्यस्तै, कोरोना संक्रमणको आशंकामा ४ हजार ५ सय ३७ जनाको नमुना परीक्षण भएको छ । यो पछिल्लो २४ घण्टाको तथ्याङक हो ।