नेपालमा थप २ सय ४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२३ असार २०७७, मंगलवार १७:०५
;

मकवानपुर । नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ ।

कूल संक्रमितमध्ये हालसम्म ७ हजार ४ सय ९९ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ६ सय ६८ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, हालसम्म संक्रमणबाट ३५ जनाको निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*