कोरोनाविरुद्ध पहिलो खोप तयार भएको रुसको दाबी

हेटौडा न्युज
३१ असार २०७७, बुधबार ०७:२४
;

रुसी वैज्ञानिकहरूले कोरोना विरुद्धको पहिलो खोप तयार भएको दाबी गरेका छन् ।
रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार मस्को स्टेट मेडिकल युनिभर्सिटीका वैज्ञानिकले खोपको क्लिनिकल परीक्षण सफल भएको जनाएको छ ।
युनिभर्सिटीमातहतको ‘इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजी’का निर्देशक भादिम तरासोभले भने ‘कोरोनाविरुद्ध संसारको पहिलो खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक पूरा गरिएको छ,’ ।

उक्त खोप मानिसमा सुरक्षित देखिएको तरासोभले बताए । परीक्षणमा सहभागी व्यक्तिहरूमध्ये पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट डिस्चार्ज दिइने भएको छ ।

खोप विकास गर्ने गेमलीया इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्यान्डर गिन्टसबर्गले खोपको पहिलो र दोस्रो परीक्षण पुरा भएको रक्षा मन्त्रालयको आधिकारिक अखबार क्रासन्या जवेजदालाई बताए । यसले भाइरससँग लड्नका लागि शरीरको प्रतिरोध क्षमता बढाउने छ र त्यसलाई लामो समय सम्म कायम रहने छ । यो खोपले आगामी दुई बर्षसम्मका लागि कोरोनाबाट बचाउने गिन्ट्सबर्गले दावी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*