थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
त्यस्तै यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन्। हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ ।