विश्वभर एकैदिन २ लाखबढी कोरोना संक्रमित थपिए, निको हुनेको संख्या ८० लाख बढी

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार ०९:४५
;

विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख ३४ हजारभन्दा बढीले बढेको छ ।

वल्डोमिटरका अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार बढी पुगेको छ ।

८० लाखभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा मात्रै ७१ हजारभन्दा बढी संक्रमित फेला परेका हुन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ८६ हजार ७ सय ७७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*