थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सम्म नेपालमा ११ हजार २ सय ४९ जना कोरोना मुक्त भएका छन् ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।