थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि

थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । हालसम्म ११ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेको गौतमले बताए ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ८५ रहेको छ ।