बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५८ पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ५८ जना पुगेको छ ।
प्रदेशको ३ जिल्लामा ५ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ८ सय ५८ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अनुसार मकवानपुरका २ जना, ललितपुरका २ जना र काठमाण्डौका १ जना गरी ५ जना कोरोना संक्रमित थपिएका हुन् ।
यसैगरि बागमती प्रदेशमा ४ सय ३७ संक्रमित कोरोना मुक्त भएका छन् भने ९ संक्रमितको मृत्यु भएको छ ।