हेटौंडाका एक युवकले चार दिनमै जिते कोरोना

मकवानपुर । हेटौंडाका एक युवकले ४ दिनमा नै कोरोनालाई जित्न सफल भएका छन् । हेटौंडा–६ का एक युवकले संक्रमण पुष्टि भएको ४ दिनमा नै निको भएर घर फर्किएका छन् ।
ती युवक संक्रमण पुष्टि भए लगतै हेटौंडा–४ कर्रास्थित श्रमिक माबिमा रहेको आईसोलेसनमा उपचार गराइरहेका थिए । २८ वर्षीय ती युवक साउदी अरबबाट भर्खरै हेटौंडा आएका थिए ।
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा ती युवकमा गत साउन २ गते संक्रमण पुष्टि भएको थियो ।
उनले चार दिनमै संक्रमण जितेको स्वास्थ्य अधिकृत भोला चौलागाई जानकारी दिए ।
स्वास्थ्य अधिकृत चौलागाईका अनुसार, ती पुरुषलाई सेल्फ क्वारेन्टाइनमा रहने गरी मंगलवार डिस्चार्ज गरिएको हो ।
योसँगै हेटौंडा आईसोलेसन वार्डबाट १८ जनाले कोरोना जितेर घर फर्किएका छन् । अब आइसोलेसनमा ८ संक्रमित उपचाररत रहेका छन् ।