कोरोनाको कारण थप एक युवतीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप १ जनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षिय युवतीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनको गण्डक कोभिड अस्पताल वीरगंजमा हिजो साँझ मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।