२ जना चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार ११:०९
;

विरगञ्ज । पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतका अनुसार वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सक, वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सक र श्रीपुरकै ४५ वर्षीय महिला, पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नारायणी ल्याब स्रोतले जनाएको छ ।

नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीसहित जगदम्बा इन्टर प्राइजेजमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*