थप १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १४:३६
;

काँकडभिट्टा ।  थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै काँकडभिट्टा नाकामा मात्रै संक्रमित हुने सशस्त्र प्रहरीको संख्या ३५ पुगेको छ ।

यसअघि नाकाका २० सशस्त्र प्रहरी र तालिमका लागि इलामबाट आएका ३ सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ६ गते सीमामा खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना देखिएको थियो । लगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा साउन ९ मा थप १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार इलामबाट तालिमका लागि आएका थप तीन जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएको हो ।

साउन ११ गते ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएकोमा १२ जनामा संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*