सभामुखको सरकारी निवासका एक कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको सरकारी निवासमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।