थाहा नगरका एकजनामा कोरोना पुष्टि

मकवानपुर । थाहा नगरपालिकामा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित बीरगन्ज महानगरपालिका–२३ का २० वर्षीय युवक रहेको हेटौंडा–४ को आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौलागाईले बताएका छन् । थाहानगरमा एक ग्रील कारखानामा काम गर्ने ती युवक ५ दिन अघि आफू कार्यरत रहेको कारखानामा पुगेको बताईएको छ ।
संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई आईसोलेशनमा थप उपचारका लागि लगिने जनाईएको छ ।