बैठक, सेमिनार कार्यक्रम नगर्न मन्त्रालयको आग्रह

हेटौडा न्युज
२२ श्रावण २०७७, बिहीबार १६:५१
;

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर तिब्र भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक, सेमिनार, गोष्ठीलगायत भीडभाड हुने क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भीडभाड बन्द गर्न भन्दै त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न आग्रह गरेका हुन्।

कोरोना संक्रमणको जोखिम बढ्दै गएर अफ्ठ्यारो परिस्थिति आएको भन्दै गौतमले सामाजिक दूरी कायम गर्न, बेलाबेला साबुन पानीले हात धुन, मास्क लगाउन आग्रह गरेका छन्।

मन्त्रालयले चाडपर्व घरमै मनाउन, मन्दिरलगायत स्थानमा भीडभाड नगर्न र बालबालिका तथा वृद्ध उमेरका व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।

काठमाडौं उपत्यकालगायत ठूला सहरमा संक्रमणको दर बढेकाले अस्पतालले कर्मचारीलाई सिफ्टअनुसार काम गराउन मन्त्रालयले निर्देशन दिएको छ।

संक्रमण थप बढेमा अस्पतालको क्षमताले धान्न नसक्ने र स्वास्थ्यकर्मी अपुग हुने भन्दै गौतमले अहिलेदेखि स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*