पाटन अस्पतालमा भर्ना भएका २ जना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
कोरोना संक्रमित ४५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको आज शुक्रबार मृत्यु भएको अस्पतालका डाइरेक्टर डा. विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् ।
मृत्यु हुने मध्ये महिला क्यान्सरको रोगी र पुरुष संक्रमित कुकुरले टोकेपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।