फुटबल खेलाडीमा कोरोना पुष्टि

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १४:५४
;

काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । फिफा विश्वकप छनोटको तयारीका लागि बोलाईएका ३३ खेलाडी मध्ये एक जनामा कोरोना पुष्टि भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमवार र मंगलवार ३४ खेलाडीहरुको कोरोना परिक्षण गरिएकोमा एकजनामा कोरोना पुष्टि भएको हो ।

पाटन अस्पतालमा गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*