अभिनेता सुशान्तसिंह राजपुतलाई राष्ट्रिय पुरस्कार

एजेन्सी । यस वर्षको राष्ट्रिय पुरस्कारबाट दिवंगत अभिनेता सुशान्तसिंह राजपुतलाई सम्मान गरिने भएको छ । सूचना तथा प्रशारण मन्त्रालय स्रोतका अनुसार यसबारे चाँडै निर्णय हुने भएको जनाइएको छ ।
यद्यपि सम्मानको वास्तविक प्रकृतिको निर्णय भने हुन बाँकी छ ।
सरकारले सुशान्तको चलचित्रहरुको छुट्टै महोत्सवको आयोजना गर्ने योजनासमेत बनाइरहेको छ । चलचित्रमा उनको योगदानका लागि राष्ट्रिय पुरस्कार समारोहमा उनलाई विशेष पुरस्कार प्रदान गर्ने योजना पनि बनाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।