राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार ११:३०
;

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।

आज विहान राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो ।

उनको अन्त्यष्टिमा नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । २०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।

वि. सं. १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए ।

स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*