रहेनन ‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसमन

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार ११:०२
;

काठमाडौं ।  अमेरिकी अभिनेता चाडविक बोसमनको ४३ वर्षको उमेरमा निधन भएको छ ।

४ वर्षदेखि क्यान्सरबाट पीडित बोसमन शुक्रबार आफ्नै घरमा निधन भएको समाचार संस्था एपीले जनाएको छ ।

‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो । त्यस्तै ‘क्याप्टेन अमेरिका, सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स : इनफिनिटी वार’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निभाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*