सहयोगी सोनुको चर्चा, विकट गाउँमा सडक बनाउन युवाहरुलाई गरे प्रेरित

काठमाडौं । पछिल्लो समय बलिउडका चर्चित अभिनेता सोनु सुद समस्यामा परेकाहरुलाई सहयोग गरेर चर्चामा आइरहेका छन् ।
उनले फेरि एक गाउँका लागि राम्रो काम गरेर देखाएका छन् ।
झण्डै ७० बर्षसम्म सडक नजोडिएको गाउँमा उनले सरकारी अधिकारीको सहयोग नलिई आफै सडक बनाउन प्रेरणा प्रदान गरेका छन् ।
भारतिय मिडियाका अनुसार आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डलमा उनले सडक निर्माण गर्न प्रेरणा प्रदान गरेका हुन् ।
त्यहाँका विकट आदिवासी गाउँहरू कोडामा, चिन्तामाला, बारा, सिरीवारा हुन् ।
यस गाउँमा सडक निर्माणको लागि सरकारलाई निवेदन दिए पनि वास्ता नगरेपछि गाउँले आफै कस्सिएका हुन् ।