स्ट्राइकर लेवान्डोस्कीले जिते प्लेयर अफ दि सिजन अवार्ड

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १३:१६
;

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्लेयर अफ दि सिजन अवार्ड जितेका छन् ।

सन् २०१९–२० को सिजन बायर्नका लागि सर्वाधिक गोल गरेका उनले उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गएको सिजनमा तीन उपाधि जितेको थियो ।

बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । गएको सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।c

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*