खानेकुरामा विषाक्त मिसाएर विद्यार्थी मार्ने शिक्षकलाई मृत्युदण्ड

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १३:३६
;

काठमाडौं । चिनियाँ अदालतले एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ। २५ जना विद्यार्थीहरूको खानामा विषाक्त पदार्थ मिसाएको आरोपमा सजाय सुनाइएको हो। जसमध्ये एक विद्यार्थीको मृत्यु भयो।

गत वर्ष मार्च २७ मा हेनान प्रान्तको जियाओजुओ शहरको एक किन्डरगार्टेनमा विद्यार्थीहरूले बिहानको खाजा खाए। त्यसपछि नर्सरीका २३ जना विद्यार्थीहरू कोही वान्ता गर्न थाले कोही बेहोस भए। लगत्तै वाङ युन नामक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बिरामीमध्ये एक विद्यार्थीको १० महिना अस्पतालमा उपचारपछि निधन भएको थियो।

वाङले खानामा सोडियम नाइट्रेट मिसाएको पुष्टि भएको हो। उनले आफ्नो सहकर्मीसँग बदला लिन उनका विद्यार्थीको खानामा विषादी मिसाएकी थिइन्। सहकर्मीसँग विद्यार्थी व्यवस्थापनको विषयलाई लिएर झगडा परेको थियो। अदालतले उनलाई ‘भ्रामक र घृणित’ घोषणा गरेको बीबीसीमा जनाइएको छ।

सोमवार जियाओजुओको स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

सोडियम नाइट्रेट मासु सुरक्षित राख्न प्रयोग गरिन्छ। उच्च मात्रामा प्रयोग गर्दा विषाक्त हुन्छ।

अदालतका अनुसार वाङले खानेकुरामा विषाक्त गरेको यो पहिलो पटक होइन। यसअघि उनले आफ्नै श्रीमानविरुद्ध विषको प्रयोग गरेकी थिइन्।

चीनले हरेक वर्ष कति मानिसलाई मृत्युदण्ड दिन्छ भन्ने बारे जानकारी सार्वजनिक गरेको छैन। सजाय पाएकाहरूलाई खोपको प्रयोग गरी मारिने बीबीसीमा उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*