चलचित्र ‘प्रकाश’ मा प्रदीप

काठमाडौं । चलचित्र ‘प्रकाश’ निर्माणको तयारी थालिएको छ । निर्देशन दिनेश राउत नयाँ चलचित्र ‘प्रकाश’को निर्माणको तयारीमा गरेका हुन् ।
निर्देशक राउत यतीबेला चलचित्रका लागि कलाकार छान्नमा व्यस्त रहेका छन् । चलचित्रमा मुख्य पात्रका रुपमा उनले प्रदीप खड्का छानेछन् ।
अभिनेत्रीका भने अहिले खोजीकार्य जारी रहेको उनले बताएका छन् ।
चलचित्रका लागि १६ देखि १८ बर्ष उमेरकी अभिनेत्री र २० देखि २२ बर्षका अभिनेता आवश्यक रहेको जनाइएको छ । त्यसका लागि उनी अडिसनमार्फत खोज्ने तयारीमा लागेको बताइएको छ ।
अभिनेता अभिनेत्रीसँगै चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार (पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकारको खोजी भैरहको छ ।
विकास सुवेदीको लेखन रहेको फिल्म ‘प्रकाश’को अडिसन डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना हुने जनाइएको छ ।
दुर्गम गाउँबाट उदाएको एक यूवकको कथा प्रस्तुत गर्न लागिएको फिल्म वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्न लागेको हो ।
फिल्मका लागि प्रदिप खड्काले ३ महिना अभिनय प्रशिक्षण समेत लिएका छन् । उनलाई कलाकार अनुप बरालले अभिनयको प्रशिक्षण दिएका थिए ।