चलचित्र थलाइवीको छायांकन सम्पन्न

६ पटकसम्म मुख्यमन्त्री बनेकी जयराम जयललिताको जीवनीमा आधारीत चलचित्रको छायांकन सकिएको छ । जयाराम जयललिता भारतको तमिलनाडूकी मुख्यमन्त्री रहिसकेकी सकेकी छिन् ।
थलाइवी नाम दिइएको चलचित्रमा कंगना रनौत जयललिताको भूमिकामा देखिँदैछिन्। कंगनाले जयललिताको भूमिकामा अभिनय गर्नु आफ्नो करियरको सबैभन्दा ठूलो मौका रहेको बताएकी छिन्।
यो फिल्मलाई हिन्दी, तेलुगू र तमिल भाषामा प्रदर्शन गरिनेछ। जयललिताको निधन सन् २०१६ डिसेम्बर ५ मा भएको थियो।