‘डाक्टर जी’ मा आयुष्मान

हेटौडा न्युज
८ पुष २०७७, बुधबार १२:३६
;

नायक आयुष्मान खुराना नयाँ चलचित्र ‘डाक्टर जी’मा काम गर्ने भएका छन् । ‘बरेली कि वर्फी, बधाई हो’ लगायतका चलचित्रमा काम गरिसकेका आयुष्मानले चलचित्र ‘डाक्टर जी’मा काम गर्ने भएका हुन् ।

आयुष्मानले जंगली पिक्चर्सले सँग फेरि एकपटक सहकार्य गर्ने भएका छन् । चलचित्रलाई अनुभुती कश्यपले निर्देशन गर्दैछन् ।

आयुष्मानले चलचित्रको स्क्रिप्ट पढेपछि आफूलाई चलचित्रप्रति प्रेम हुन थालेको बताएका छन् ।

उनका अनुसार, यो एक फ्रेस कथामा बन्न लागेको चलचित्र हो । उनले, चलचित्रले दर्शक हसाउने र सोच्न पनि वाध्य गराउने बताए ।

आयुष्मान चलचित्रमा डाक्टरको भूमिका निर्वाह गर्न भएका छन् । डाक्टरको भूमिका उनको लागि पहिलो हो ।

आयुष्मानले जंगली पिक्चर्सको कथा भन्ने शैली आफूलाई निकै मनपर्ने पनि उल्लेख गरेका छन् । उनले, जंगली पिक्चर्ससँग आफूले हिटको ह्याट्रिक गर्ने पनि उल्लेख गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*